• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

कोटी होममा पत्रकार पुडासैनीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग


  • धनकुटा खबर
  • .

काठमाडौं । पशुपतिनाथमा आयोजित कोटी होमको अन्तिम दिन रिपोर्टिङका लागि पुगेका नेपालभ्युज डटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीमाथि कोटी होमका आयोजकले गरेको कुटपिट र लुटपाटप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण जनाएको छ । महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार मध्यरातमा पशुपतिनाथस्थित वनकालीमा पुडासैनीलाई कोटी होमको विरोधमा समाचार लेखेको भन्दै जबरजस्ती मञ्चमा लगेर अपमानजनक ढङ्गले माला लगाई दुर्व्यवहार गरिएको थियो । त्यसपछि पनि लखेट्दै कुटपिट गर्दै आफ्नो साथमा रहेका सरसामानसमेत लुटपाट गरिएको पुडासैनीले बताएका छन् । पुडासैनीका अनुसार उनको साथमा रहेको दुई तोलाको सुनको सिक्री, पर्स, लाइसेन्स, हेल्मेटसमेत लुटपाट गरिएको छ ।’

कुटपिटबाट पुडासैनी घाइते भएका छन् । कार्यक्रमको रिपोर्टिङमा पुगेका पत्रकारमाथि भएको कुटपिट र लुटपाटका घटनाले उक्त कार्यक्रमका आयोजकको आपराधिक मनोवृत्ति देखिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो संविधानप्रदत्त प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । पत्रकारमाथि सांघातिक आक्रमण गर्ने आयोजक र व्यक्तिहरू पहिचान गरी कानूनी कारबाही गर्न नेपाल पत्रकार महासंघ सरकारसँग माग गर्दछ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖