• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

एमाले लुम्बिनी संसदीय दलको नेतामा आचार्य, उपनेतामा श्रेष्ठ


  • धनकुटा खबर
  • .

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् ।

शनिबार बुटवलमा बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।

एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्‌मा अर्यालले दलका नेता तथा पूर्व मुख्यमन्त्री लीला गिरीले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएपछि मुख्यमन्त्री आचार्यलाई दलको नेता चयन गरिएको हो ।

दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टीले मुख्यमन्त्रीमा अघि सारेपछि नेता गिरीले राजीनामा दिएका थिए ।

त्यस्तै उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै प्रमुख सचेतकमा रुपन्देहीका तुलसी चौधरी र सचेतकमा रोल्पाकी यमुना रोकालाई चयन गरिएको छ ।

शनिबारको संसदीय दलको बैठकमा गिरी उपस्थित थिएनन् ।

एमाले प्रमुख सचेतक चौधरीका अनुसार बैठकमा २५ जनाभन्दा बढी सांसदहरूको सहभागिता रहेको थियो ।

लुम्बिनीमा एमाले २९ सांसद छन् । प्रदेशसभामा एमाले पहिलो दल हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖