• Monday 5th of October 2026

सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा


  • धनकुटा खबर
  • .

काठमाडौँ – सामाजिक सञ्जाल कम्पनी मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने कृत्रिम बुद्धिमता ‘एआई’ को विकास गरिरहेको घोषणा गरेको छ ।

यसका लागि मेटाले विभिन्न हलिउड सेलिब्रेटीलाई आफ्नो एआई परियोजनामा भाग लिन आग्रह गरिरहेको न्यु योर्क टाइम्सले जनाएको छ ।

मेटाले सेलिब्रेटीका आवाज रेकर्ड गर्न र फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, व्हाट्सएपलगायत आफ्नो प्लेटफर्ममार्फत यी आवाजहरु प्रयोग गर्न सक्ने प्रयोगकर्ताको अधिकार सुनिश्चित गर्न काम गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖