काठमाडौ । प्रधानमन्त्री केपी ओली धर्मपत्नी राधिकाको आज जन्म दिन हो ।
जन्मदिनमा पत्नीलाई शुभकामना दिंदै प्रम ओलीले सामाजिक संजालमा लेखेका छन् –
आज राधिकाको जन्मदिन । जीवनमा कहिले कठिन उकाली आए, कहिले सजिला दिन आए। ती सबै दिनमा राधिकाको एउटा स्वभाव कहिलै परिवर्तन भएन – त्यो हो सेवा भाव । यो सधैं रहन सकोस्, जन्मदिनको धेरैधेरै शुभकामना राधिका !!
