• Wednesday 7th of October 2026

साफ यू–२० : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल साफ यू–२० फुटबलमा समूह ‘ए’को विजेता बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको समूह ‘ए’को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका लागि भने इस्लामले एक गोल फर्काए ।

खेलको १६औं मिनेटमा समिरले गोल गर्दै नेपाललाई अग्रता दिलाए । खेलको १८औं मिनेटमा निराजनले नेपालका लागि दोस्रो गोल गरे ।

४३औं मिनेटमा बंगलादेशका लागि इस्लामले पेनाल्टीमा गोल गरे ।

यसअघि नै नेपाल र बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖