काठमाडाैं – नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन खुलाएको छ। आज एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।