• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

आज पनि घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ : स्थानीय बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार आज पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖