• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

विद्यालयबाट फर्किँदा पहिरोमा परि बालिकाको मृत्यु


  • धनकुटा खबर
  • .

हेटौँडा : मकवानपुरमा पहिरोमा परि एक जना बालिकाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-६ की ६ वर्षीय बालिकाको विद्यालयबाट घर फर्कँदै गर्दा पहिरोमा परि मृत्यु भएको हो ।

स्थानीय जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत शुष्मा थिङको विद्यालयबाट घर फर्कने क्रममा मृत्यु भएको विद्यालयका शिक्षक मिलन भोम्जनले बताए ।

बिहीबार दिउँसो विद्यालय सकेर घर फर्कने क्रममा ज्यामिरे भन्ने स्थानमा पहिरो खस्दा उनको मृत्यु भएको भोम्जनको भनाई छ । विद्यालय टाढा रहेकोले ज्यामिरेदेखि करिब डेढ घण्टासम्म साना नानीबाबुहरू हिँडेर ओहोरदोहोर गर्नुपर्दा दुर्घटनाको सधैँ डर हुने शिक्षक भोम्जनको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖