काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थुन्न ढिला गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा उनले पार्टी सरकार रहेको र गृहमन्त्री पनि कांग्रेसबाट नै रहेको अवस्थामा विभिन्न काण्डमा मुछिएका लामिछानेलाई पक्राउ गरेर अनुसन्धान नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।
