• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

चितवनमा गुडिरहेको बसमाथि ढुंगा खसे खसेपछि …


  • धनकुटा खबर
  • .

चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ । आज (शुक्रबार) दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो । बसमा सवार १९ जना यात्रु घाइते छन् । घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरका विभिन्न अस्पताल ल्याइएको रिजालले जानकारी दिए ।

घाइतेमध्ये ९ जनाको भरतपुर अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको रिजालले बताए । बसमा करिब ३०÷३५ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖