काठमाडौँ । प्रहरीका अनुसार तनहुँको बस दुर्घटनामा पी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । ४१ यात्रुमध्ये अन्य घाइतेको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको थियो । बसका सबै यात्रु भारतीय नागरिक रहेका छन् ।
दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ । साथै बिरामीको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टरु दुर्घटनास्थल पुगेको छ ।
