• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

यी ५ रेमिटेन्स कम्पनी खारेज, पैसा लिन बाँकी भए ३५ दिनभित्र जानकारी दिन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । पाँच वटा रेमिट्यान्स स्वतः खारेज भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले निकालेको सूचना अनुसार विभिन्न ५ वटा रेमिट्यान्स भए खारेज भएका हुन् । ग्लोबल माउन्टेन रेमिट, राम्रो रेमिट, संसार रेमिट, ललित मनि ट्रान्सफर र माक्स मनि ट्रान्सफर प्रालि खारेज भएको हुन् ।

बैंकबाट विप्रेषण कारोबार गर्न इजाजत पत्र प्राप्त गरेका रेमिटेन्स कम्पनीहरूको इजाजत पत्र नेपाल राष्ट्र बैंक, विप्रेषण नियमावली, २०७९ (प्रथम संसाधनसहित) को विनियम १३ को उप विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको हो ।

विप्रेषण कारोबारको सिलसिलामा ५ वटा कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र जानकारी गराउन पनि सर्वसाधारणमा राष्ट्र बैंककले आग्रह गरेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग लिखित जानकारी दिनु पर्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖