• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

अदालती कागजातले देखायो- अमेरिकामा नरेशले घरमै श्रीमतीको हत्या गरे, शव बाहिर लुकाए


  • धनकुटा खबर
  • .

एजेन्सी । अमेरिकामा हराइरहेकी नेपाली नर्स ममता काफ्ले भट्टको हत्या भएको अमेरिकी अदालतको विवरणले देखाएको छ।अमेरिकी मिडियाहरुका अनुसार अदालती कागजातले उनका श्रीमान् नरेश भट्टले जुलाई ३० को आसपासमा उनीहरुको निवास (हिथर कोर्ट होम)मा श्रीमती ममताको हत्या गरेको र शव घरबाहिर लगेको बलियो अनुमान गरेको हो।

नरेश भट्टलाई त्यहाँको प्रहरीले बिहीबार नै पक्राउ गरिसकेको छ भने शुक्रबार बिहानै (अमेरिकी समयअनुसार) हत्या आरोप तथा शरीर लुकाएको अपराधमा अदालतमा पेस गरेको छ।

मानासास पार्क र प्रिन्स विलियम काउन्टीका अधिकारीहरुले दुई दिनसम्म उनीहरुको घरमा खानतलासी लिएर अनुसन्धान गरेका थिए। त्यसपछि शरीर लुकाएको र अनुसन्धानमा नसघाएको अभियोग लगाइएको थियो। भर्जिनियामा यसलाई गम्भीर अपराधका रुपमा लिइन्छ।

सेभेनन्युजका अनुसार खानतलासी र अनुसन्धानसँगै अधिकारीहरुले ममताको मृत्यु भएको अनुमान गरेको थियो। तर अझै घटनालाई लिएर हत्याको अभियोग घोषणा गरेको छैन।नरेशले जुलाई ३१ मा ममतालाई देखेको प्रहरीलाई बताएपछि अगस्ट ५ देखि उनी हराइरहेको कुरा बाहिर आएको थियो। बिहीबार प्रहरीले जुलाई २८ देखि नै उनी हराइरहेको खुलासा गरेको थियो।

लाई २९ मा उनको अन्तिम सम्पर्क देखिएको पनि खुलेको छ।नरेशले लामो समयपछि मात्रै आधिकारिक रुपमा श्रीमती हराएको जानकारी गराएका थिए। यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरका ममताका सहकर्मीहरुले ‘वेलनेस चेक’का लागि आग्रह गरेपछि प्रहरी अगस्ट १ मा उनीहरुको घर पुगेको थियो।

मिडिया रिपोर्टका अनुसार भट्ट दम्पतीका एक वर्षीया छोरी छिन्। उनलाई सोसल सर्भिसेजको रेखदेखमा राखिएको छ।नरेशलाई अक्टोबर २४ मा पुनः अदालतमा पेस गरिनेछ भने अदालतले प्राप्त प्रमाणलाई हेरी अभियोगबारे निर्णय गर्ने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖