काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेकपा (माओावादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् ।
आज (आइतबार) सार्वजनिक लेखा समितिमा उक्त विवादबारे छलफल भइरहेको छ ।
समितिमा नेता भट्टराईले प्रचण्ड र तत्कालीन उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग स्पष्टीकरण सोध्नुपर्ने माग राखेका हुन् ।
