• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

केही मानिस मन्त्री भइहालौं भनेर यो सरकार बनेको होइनः गृहमन्त्री


  • धनकुटा खबर
  • .

१० भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्थीर सरकार नभएका कारण मुलुकमा सकरात्मक काम हुन नसकेकाले प्रमुख दुई दल मिलेर सरकार बनाएको बताएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘अहिलेको सरकार केही मानिसहरु मन्त्री भइहालौं भन्ने मात्र उद्देश्यले बनेको सरकार होइन ।’

२०७९ सालको चुनावपछिको अवधिमा स्थीर सरकार निर्माण हुन नसक्दा हरेक दुई/तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीहरुले विश्वासको मत लिन जानुपर्ने स्थिति भएको भन्दै उनले थपे, ‘सरकारमा स्थीरता नभएकाले अर्थतन्त्र सिथिल भयो, भ्रष्टाचार नियन्त्रण गर्न केही व्यवधान देखिए, विकास निर्माणका काम द्रुत गतिमा अघि बढ्न सकेन, त्यसकारण नयाँ अठोटका साथ अघि बढ्यौं ।’

संसदीय प्रणालीमा सामान्यतः कम हुने गरेको अभ्यासमा प्रवेश गर्दा लामो समयदेखि पूरा हुन नसकेको काम पनि पूरा भएको उनले बताए ।

लामो समयदेखि अड्किएको संक्रमणकालीन न्याय सम्बन्धी विधयेकमा सहमति भएर पास भएको सन्दर्भ जोड्दै उनले भने, ‘यो सबै बलियो सरकारका कारण भएको आत्मविश्वासले भएको हो ।’

गृहमन्त्री लेखकले मुलुकमा दिगो शान्ति स्थापना गर्न, सुशासनको प्रत्याभूति दिन आफूहरु लागि परेको भन्दै १०० दिनमा केही निश्चित कामहरु पुरा गर्ने गरी तयारी भइरहेको बताए ।

‘नेपाल प्रहरी सम्बन्धी ऐन मन्त्रालयबाट पास भएर अर्थ मन्त्रालयमा पुगिसकेको स्थिति छ’, उनले भने, ‘चाँडै सदनमा पुर्‍याउनुछ, सशस्त्र प्रहरीका कानून र प्रहरी सम्बन्धी अन्य कानून संशोधनका लागि अगाडि बढेका छौं । सरकारको १०० दिनभित्र पूरा गरिनेछन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖