• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

प्रहरीलाई प्रधानमन्त्रीले भने- अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर तपाईँहरूलाई आदेश दिँदैन


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार कुनै पनि अनुचित गतिविधिको प्रभावमा नपर्ने प्रष्ट पारेका छन्।

काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार कानून अनुसार चल्ने बताए।

उनले भने, ‘निर्दोष मान्छे फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने जस्ता क्रियाकलाप आपराधिक हुन्। कसै निर्दोषलाई दोषी करार गर्ने काम सरकारबाट हुँदैन।’

उनले आफूहरू राष्ट्रको सेवक भएकाले अहिलेको सरकार भात रोटी खान्छ तर घुस नखाने बताए।

उनले भने, ‘प्रहरी कहिले कहिले करुणामा मात्रै चलेर हुँदैन। यसो हेर्‍यो राम्रो लाग्छ। अपराध छ र त्यसलाई छाडिदियो भने धेरैले दुख पाउँछन्। त्यसैले त्यसलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्‍यो नि।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖