काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको नेपाली फुटबलर रेखा पौडेलले डेब्यु खेलमै गोल गरेकी छन्। उनले लिगमा लाओसको योङ एलिफेन्ट्सविरुद्ध गोल गरेकी हुन् ।
रेखा लिगका लागि अबुधाबी कन्ट्री क्लबमा आबद्ध भएकी छन् । गएराती पहिलो खेल खेलेकी रेखाले गोल गर्न सफल भइन् । उक्त खेलमा अबुधाबी २-१ ले विजयी भयो ।
योसँगै रेखा महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।नेपालको एपीएफ क्लबले पनि यो लिगमा सहभागिता जनाएको छ । पहिलो खेलमा एपीएफ नसाफसँग १-० ले पराजित भएको थियो ।
