काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसकी नेत्री तथा परराष्ट्रमन्त्री आरजु राणा भारत भ्रमणबाट फर्केदेखि उत्साहित देखिएका छन् । उनले उस्ताहित हुँदै पार्टीका हरेक आन्तरिक मिटिङ्गहरुमा नयाँ सरकारका लागि आफ्नो पार्टीलाई खोज्दै आउने वातावरण बन्दै गएको बताउने गरेका छन् ।
केही दिनअघि सरकारका बारेमा नसोच्ने उद्घोष गर्दै आएका प्रचण्ड आरजुको भारत भ्रमणपछि बोली फेर्न थालेका छन् । एमाले कांग्रेस गठबन्धन बनेपछि सडकमा आएको माओवादीले आफुले अब ८४ अघि सरकारलाई प्राथमिकतामा नराख्ने भनि सर्कुलर गरेको केहि हप्तामै सरकारका लागि फेरि अफर आउन सक्ने बताइरहेका छन् । त्यसो त आज कास्कीमा सकिएको गण्डकी प्रदेश स्तरिय बैठकमा पनि पार्टीको प्राथमिकता सरकारमा भन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताएपनि सरकारका कुरा छुटाएनन् ।
तर एमाले कांग्रेस गठबन्धन बन्नु अगाडी पनि एमाले छोडेर माओवादी कांग्रेस गठबनन्धन बनाउन भारतले सुझाव दिएको हिन्स पाएपछि ओली बाठो भएर रातारात कांग्रेससंग ७ बुदे सहमति गरेरप्रचण्डको योजना असफल बनाएको चर्चा नेपाली राजनीतिक वृतमा प्रसस्तै हुन थाले। देशका दुई ठुलादल रातारात मिल्नुले यसलाई त्यही रुपमा बुझ्नपनि आम जनताहरुलाई सजिलो भयो। नया समिकरणबाट परराष्ट्रमन्त्री बनेकी देउवा भारत भ्रमणबाट फर्केलगतै उनले माओवादीलाई केही संकेत गरेको हुनुपर्छ ।
यो सिलसिला चलिरहदा आरजुले आफ्नो भ्रमणबारे पार्टीमा ब्रिफिंग गर्दा नेपालमा दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको गठबन्धन सरकारलाई सकारात्मक रूपमा लिएको बताएपनि उनको अनुहारमा खुसीको भाव नझल्किनु केही न केही सन्देह भएको र यही संकेतबाट प्रचण्डले सरकारको कुरा पनि संगै ल्याएको अनुमान हुन थालेको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारलाई भारतले खुलेर स्वागत गरेको छैन।
