• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

गाडी तोडफोड आरोपमा एक महिला पक्राउ


  • धनकुटा खबर
  • .

११ भदौ, काठमाडौं । गाडी तोडफोड गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चितवनको वीरेन्द्रनगर नगरपालिका–५ घर भइ काठमाडौं बस्दै आएकी ३३ वर्षीया सपना लामिछाने छिन् । उनलाई गत शुक्रबार प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी लामिछानेविरुद्ध आपराधिक उपद्रभको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको महाराजगञ्जका डीएसपी रवीन्द्रनाथ पौडेलले बताए ।

लामिछानेका साथै कमला लामा नाम गरेकी एक महिलाविरुद्ध काठमाडौं बालुवाटारकी सिर्जना बस्नेतले १८ असार २०८१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

आफ्नो घरमा पार्किङ गरेर राखेको प्रदेश ३–०१–०२४ च ७७०९ नम्बरको किया कम्पनीको सेल्टर कारमा तोडफोड गरेको दाबी सिर्जनाको छ । टायलले गाडीको सिसा फुटाएको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी थिइन्।

उनकै जाहेरीका आधारमा १६ साउनमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । अर्की एक महिला भने फरार छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖