• Tuesday 6th of October 2026

औषधीय गुणले भरिपूर्ण कागती


  • धनकुटा खबर
  • .

कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार फल हो । कागती साइट्रिक फल हो । यसमा भिटामिन सी, एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ ।

हरेक दिन आहारमा एउटा कागती खाने हो भने दिनभरि चाहिने भिटामिन सीको पूर्ति हुन्छ । इतिहास नियाल्ने हो भने कागतीलाई चाइना तथा भारतमा झन्डै २५०० वर्ष अघिदेखि औषधोपचारमा उपयोग गरिएको पाइन्छ । यसकारण आज हामी कागती कस्तो स्वास्थ्य समस्यामा उपयोगी हुन्छ भन्ने सन्दर्भमा जानकारी गराउँछौ ।

घाँटी बसेमा
मनतातो पानीमा कागतीको रस, नुन हालेर बिहान र बेलुका सेवन गर्नाले घाँटी बसेको ठिक हुन्छ ।

ओठ फुट्ने समस्यामा
दूधको तरमा कागतीको रस मिसाएर दिनको २–३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ ।

अपचको समस्यामा
छोकडा, मरीच, सिदेनुन, र जीरा बराबर पिसेर कागती हालेर लेदो अचार बनाएर बिहान–बेलुका खाना खानु अगाडि १–१ चम्चा खाएर मात्र खाना खाने गरेमा केही दिनमै अपच हुने बान्ता हुने, खानामा अरुचि हुने जस्ता समस्या हट्दै जान्छन् ।

कपालका लागी उपयोगी
कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ ।

तौल घटाउन
कागतीको नियमित सेवनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढङ्गले हुने गर्दछ । शरीरको मोटापना घटाउन कागती र मह मिलाएको पानी नियमित रूपमा महिनाभर लिनाले फरक देखिन थाल्दछ ।

अनुहार सफा बनाउन
अनुहार जलेमा या अनुहारमा कालो दाग परेमा टमाटरमा कागतीको रस मिलाएर बिहान बेलुका लगाउने तथा केही समयपछि धुनाले फाइदा गर्दछ ।

चक्कर लागेमा
यदि चक्कर आइरहेको छ या उल्टी भइरहेको छ भने कागतीको एक टुक्रामा कालो नुन मरीच हालेर खानाले चक्कर र बान्ता हुन छोड्दछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖