• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

अमेरिकामा हत्या गरिएकी नेपाली युवती को हुन् ?


  • धनकुटा खबर
  • .

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा एक नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गरिएको छ। यो घटनाले नेपाली समुदायमा तरङ्ग ल्याएकाे छ।

प्रारम्भिक अनुसन्धान अनुसार, हत्याराले मुनाको अपार्टमेन्टमा पुगेर उनको कोठाभित्रै गोली हानेको पाइएको छ। मुनाको अपार्टमेन्टमा जडान गरिएको सिसिटिभी फुटेजमा हत्याराले ओछ्यानमै सुतिरहेकी मुनालाई तीनवटा गोली हान्दै गरेको देखिन्छ। ह्युस्टन प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार, मुनालाई शरीरका विभिन्न भागमा धेरै गोली लागेको थियो।

मुना को थिइन् ?
२१ वर्षीया मुना पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। उनी नेपालको भोजपुरकी बासिन्दा थिइन्। नेपालमा उनकी आमा मात्र बस्छिन्। मुना एक मेधावी विद्यार्थीका रूपमा चिनिन्थिन्। प्रहरीले मुनाको शवलाई पोष्टमार्टमका लागि पठाएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। प्रहरीले हत्याराको खोजी कार्य तीव्र पारेको छ तर अहिलेसम्म कुनै ठोस सुराक फेला पार्न सकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖