• Wednesday 7th of October 2026

दोस्रो हाफमा अर्को गोल थप्यो बंगलादेशले, दबाबमा नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं– साफ यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेशविरुद्धको उपाधि भिडन्तमा नेपाल २ गोलले पछि परेको छ ।

पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा अर्को गोल पनि खायो । बंगलादेशले खेलको ५४ औँ मिनेटमा दोस्रो गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भइरहेको खेलमा नेपालले पहिलो हाफको अन्तिम समयमा पहिलो गोल खाएको थियो ।

उपाधि भिडन्तमा बंगलादेशका लागि पहिलो हाफको इन्जुरी समयमा मिराजुलले उत्कृष्ट फ्रिक गर्दै बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा पनि गोल खाएपछि अब नेपाललाई खेलमा पर्किन मुस्किल देखिएको छ ।

सेमिफाइनलमा भुटानलाई हराएर फाइनलमा पुगेको नेपाल र भारतलाई हराएर फाइनलमा पुगेको बंगलादेशबीच उपाधि भिडन्त भएको हो ।

नेपाल तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । यस्तोमा बंगलादेशले चाहेअनुसारको गोल गर्न सफल भएको छ ।

यही भदौ २ गते सुरु भएको प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देश सहभागी भए ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका थिए । यसअघि समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖