• Wednesday 7th of October 2026

सुआरेजले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा


  • धनकुटा खबर
  • .

उरुग्वेका भेट्रान फुटबलर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै सुआरेजले शुक्रबार राष्ट्रका लागि अन्तिम खेल खेल्ने बताए ।

लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्डसमेत रहेका सुआरेजले शुक्रबार ३७ वर्षको उमेरमा पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । ‘यो भन्दा मलाई दुःख लाग्छ, तर शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ,’ उनले भने ।

उनी उरुग्वेका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले उरुग्वे राष्ट्रिय टिमबाट १४२ खेल खेल्दै ६९ गोल गरेका छन् ।

सन् २००७ देशि उरुग्वेका लागि खेलेका सुआरेजले यो संन्यासको लागि सही समय भएको बताए ।

सुआरेजले उरुग्वेको राष्ट्रिय टिमबाट ४ पटक विश्वकप र ५ पटक कोपा अमेरिका खेलेका छन् । उनले सन् २०११ मा कोपा अमेरिकाको उपाधि समेत जितेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖