• Wednesday 7th of October 2026

फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौँ । तीजको दिन पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक गरिएको छ ।

भोजपुरी भाषामा तयार पारिएको ‘करेजा निकरी’ बोलको गीतमा भारतीय गायिका सोनु कक्कड र समीर चौरासियाको गायन छ भने रेवन आरती सिंहको संगीत तथा प्रदीप श्रीवास्तवको शब्द छ । गीतमा निकिता चाण्डक, पल शाह र प्रकाश शाह नृत्य गर्दै प्रस्तुत छन् ।

पल र प्रकाशबीचको टकराव देखाउन खोजिएको गीतमा निकितालाई बोल्ड अवतारमा देखिएकी छिन् । 

फिल्ममा उनी यो गीतमा मात्र देखिनेछिन् । तराईंको मध्य मधेशको गाउँलाई सेटअप बनाएर गीत खिचिएको छ । यो गीतमा विक्रम स्वाँरको कोरियोग्राफी छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पल दोहोरो भूमिकामा छन् । पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, योगेश भण्डारी, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, निमा पाण्डे आदिको पनि अभिनय रहेको फिल्मलाई अभिनेत्री पूजा शर्माले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖