• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

गृहजिल्ला सर्लाहीमा स्वतन्त्र सांसद डा. अमरेश सिंहको विरोध, नाराबाजी र ढुंगामुढा


  • धनकुटा खबर
  • .

सर्लाही । मंगलबार स्वतन्त्र सांसद डा. अमरेश सिंहको गृहजिल्ला सर्लाहीमा तनावपूर्ण स्थिति उत्पन्न भयो । सर्लाही क्षेत्र नं. ४ का सांसद सिंहले स्थानीयबासी र समर्थकहरूसँग भेटघाटको क्रममा मन्तव्य दिने बेलामा अर्को पक्षले उत्तेजक र विभाजनकारी अभिव्यक्ति दिएको भन्दै विरोध जनाए ।

धनकौल गाउँपालिकामा पुगेका बेला सिंहले मतदाताहरूसँग छलफल कार्यक्रम आयोजना गरेका थिए । तर, नेपाली कांग्रेसका कार्यकर्ता र केही स्थानीयबासीहरू उनको विरोधमा उत्रिए । सिंह नेपाली कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए ।

कांग्रेसका कार्यकर्ताले उनलाई जातीय द्वन्द्व फैलाउने भाषण दिएको आरोप लगाए । तनाव बढ्दै गएपछि प्रहरीले सिंहलाई सुरक्षा प्रदान गर्यो । प्रत्यक्षदर्शीहरूका अनुसार, सिंहमाथि ढुङ्गामुढा समेत भएको थियो । यस घटनामा एक जना सर्वसाधारण र एक प्रहरी घाइते भएका छन् ।

सिंहलाई धनकौलस्थित एक घरमा बसेको समयमा प्रहरीले सुरक्षा दिएको थियो । सांसद सिंहले पनि आफ्नो भनाइ सार्वजनिक गर्दै मतदाताहरूसँग छलफलको क्रममा आक्रमणको प्रयास भएको बताए । उनले सामाजिक सञ्जालमा छलफलका केही तस्बिरहरू पनि सेयर गरेका छन् ।

उनले भनेका छन्, “धनकौल गाउँपालिका निवासी बिलासी साहको घरमा छलफल र खानाको कार्यक्रम भइरहेको बेला, गाउँपालिका अध्यक्ष रामाअश्रय साहका छोरा, नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहका छोरा, र प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहका भतिजले गुण्डागर्दी शैलीमा ढुङ्गामुढा गरेका छन् ।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖