• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

मेयरसँग प्रधानमन्त्री भिड्न सुहाउँछ’ भन्ने प्रश्नमा शंकर पोखरेलको प्रतिक्रिया– बहस ओलीले शुरू गर्नु भएको हो ?


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन)सँग सामाजिक सञ्जालमा भइरहेको बहसलाई प्रधानमन्त्रीसँग जोड्नु पर्ने करण नभएको बताएका छन् ।

कृतिम कुरा गरेर विवाद उचाल्ने काम सामाजिक सञ्जालमा भइरहेको उनले आरोप लगाए ।

बिहीबार प्रेस चौतारी नेपालले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले बालेनसँग प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद नगरेको बताएका हुन् ।

‘पक्ष विपक्षमा भएको बहसलाई प्रधानमन्त्रीसँग जोड्नु पर्ने कारण के छ ? हरेक व्यक्तिका सबल र दुर्बल पक्ष हुन्छन् । त्यसलाई प्रधानमन्त्रीसँग किन जोड्ने ?,’ एउटा मेयर बालेनसँग देशको प्रधानमन्त्री भिड्न सुहाउँछ भनेर सोधिएको प्रश्नमा महासचिव पोखरेलले भने, ‘प्रधानमन्त्रीले बहस शुरू गरेको हो ? नभएको कृतिम कुरा गरेर भ्रम पार्न खोज्ने ?’

पछिल्लो समय सामाजिक सञ्जालमा बालेन समर्थक र एमाले कार्यकर्ताबीच विवाद चलिरहेको छ ।

बालेन समर्थकले ओलीको फेसबूक अनफलो अभियान चलाएपछि एमाले कार्यकर्ता क्रुद्ध भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖