काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीलाई हिन्दी जासुसी फिल्मजस्ताे भएकाे टिप्पणी गरेका छन् ।
उनले वर्तमान सरकारको कामकारबाहीमा अनिश्चितता बढेको टिप्पणी गर्दै जुनसुकै बेला पत्रकार पक्राउ पर्ने वा कसैमाथि आक्रमण हुने अवस्था रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो ३५ वर्षको राजनीतिक उपलब्धिलाई अवमूल्यन गर्ने तथा विवेकहीन, अराजक र निरङ्कुश प्रवृत्ति राज्यमा हाबी हुन खोजेको आरोप लगाए ।
‘तपाईंहरूले हिन्दी जासुसी फिल्म हेर्नुभएको होला, विचित्र–विचित्र हुँदै नहुने कामहरू भएको देखाउँछन् नि, त्यस्तै छ सरकारको काम गराइ,’ उनले भने, ‘कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कता के भन्ने कुराको टुंगो छैन ।’
उनले ३५ वर्षमा केही भएन भन्ने विवेकहीन भाष्य बनाइएको बताए।
उनले भने, ‘जसले गणतन्त्र, सङ्घीयता, समावेशिता ल्याएको हो, त्यसलाई काम गर्ने वातावरण बनाउन सक्न पाएको भए त अहिलेसम्म योभन्दा धेरै गर्न सकिन्थ्यो। दिइएको छैन। तपाईँहरू राम्रोसँग हेर्नुहोला, भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरियो।’
३५ वर्षमा भन्ने विवेकहीन, अराजक, निरङ्कुश प्रवृत्ति राज्यमा हाबी भएको बताए।
