• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

पलेशा गोवर्धनले पाउने ६५ लाख पुरस्कारमा कर छुट दिने सरकारको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पलेशाले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको हो ।

खेलकुद कार्यविधिअनुसार पलेशाले पुरस्कारस्वरुप ६५ लाख रुपैयाँ पाउँछिन् । सो पुरस्कार पाउँदा कर तिर्नुपर्ने भएपनि अब सरकारको निर्णयअनुसार उनले पुरै रकम पाउने भएकी छन् ।

सँगै प्रशिक्षकलाई पाँच लाख र टिम व्यवस्थापकलाई दुई लाख रुपियाँ दिने निर्णय भएको छ । यसअघि बुधबार नै प्रधानमन्त्रीले उनलाई पुरस्कार रकममा छुट दिने घोषणा गरेका थिए ।

पेरिसमा भएको पाराओलम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖