• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

प्रचण्डले गरे पलेशालाई सम्मान


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो पटक पदक दिलाउने पलेशा गोवर्धनलाई सम्मान गरेका छन्।

आज खुमलटार बोलाएर प्रचण्डले सम्मान गरेका हुन्। पलेशासहित कोच, व्यवस्थापक र पलेसाका बुवालाई पनि सम्मान गरे।

बुधवार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले बधाई तथा सम्मान गरेका थिए।

नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा सरकारले ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरिसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖