• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

स्याउ बोकेको गाडी दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ मकैबारीमा शुक्रबार स्याउ बोकेको पिकअप गाडी दुर्घटना भएको छ । हेटौँडा–काठमाडौँ जोड्ने फाखेल मातातीर्थ सडक खण्डमा उक्त दुर्घटना भएको हो ।

हेटौँडाबाट स्याउ लिई काठमाडौँ आउँदै गरेको ना ३ च ६२४५ नम्बरको पिकअप गाडी उकालोमा चढ्न नसकी ब्याक हुँदा दुर्घटना भएको हो । गाडी सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाडी चालक पर्सा वीरगन्ज महानगरपालिका –१६ इनवा बस्ने २७ वर्षीय लक्ष्मीप्रसाद यादव गाडीबाट हाम फाल्दा सामान्य घाइते भएका छन् । सहचालक ३० वर्षीय रमेश पटेल गाडी ओट लगाउँदै गर्दा साइड लागी सकुशल छन् । प्रहरीका अनुसार घाइतेलाई स्थानीय क्लिनिकमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖