• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

यी हुन् आज पुरस्कृत हुने ४० जना निजामती कर्मचारी


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ २२ । निजामती सेवा दिवसको अवसरमा आज सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना हुने २१औँ निजामती सेवा दिवस समारोहमा पुरस्कृत कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

यो वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गर्न लागिएको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ ।

२ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖