• Monday 5th of October 2026

सुनिता विलियम्सलाई अन्तरिक्षमै छाडेर पृथ्वीमा फर्कियो स्टारलाइनर


  • धनकुटा खबर
  • .

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर बोकेको बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ।

तर, यो यानमा गएका बुच विल्मोर र सुनिता विलियम्स अझै अन्तरिक्षमै छन् र अर्को वर्षसम्म पृथ्वीमा फर्कनेछन्।

दुवै अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेको बीबीसीले उल्लेख गरेको छ।

परिक्रमा प्रयोगशालाबाट अनडक गरेपछि खाली अन्तरिक्ष यान स्वचालित रूपमा चलिरहेको थियो।

अन्तरिक्षयानको क्याप्सुलमा प्राविधिक गडबडी भएपछि अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा ल्याउन खतरनाक मानिएको थियो।

अब दुवै अन्तरिक्ष यात्रीलाई स्पेसएक्सको स्पेसक्राफ्ट क्रु ड्र्यागनमार्फत अर्को वर्ष फेब्रुअरीसम्म पृथ्वीमा ल्याइनेछ।

स्टारलाइनरले पृथ्वीमा फर्किन ६ घण्टाको यात्रा गर्नुपरेको थियो।

पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि यस अन्तरिक्ष यानको गति कम गर्न प्यारासुटको प्रयोग गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖