• Monday 5th of October 2026

स्पेस स्टेशनमा अन्तरिक्षयात्रीलाई अलपत्र पार्ने बोइङलाई झट्का, पौने ३ खर्ब घाटा लाग्नसक्ने


  • धनकुटा खबर
  • .

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्षयात्रीद्वय सुनिता विलियम्स र बुच विलमोरलाई स्पेस स्टेशनमा पुर्‍याएर त्यहीँ अलपत्र पार्ने बोइङ कम्पनीको स्टारलाइनर अन्तरिक्ष यान शनिबार बिहान नेपाली समय अनुसार करिब पौने १० बजे पृथ्वीमा फर्किंदैछ ।

यो यान शुक्रबार बिहान पौन चार बजे नै स्पेस स्टेशनबाट छुट्टिइसकेको (अनडक भएको) छ र पृथ्वीतर्फ अगाडि बढिरहेको छ ।

नासाको यो मानवरहित यानमा सामान हालेर पठाइएको छ । त्यसअघि बिहान करिब ९ बजे यसले आफ्नो ब्रेकिङ रकेट चालु गरेको थियो । न्यु मेक्सिकोको ह्वाइट स्याण्डस स्पेस हार्वरमा यो यान अवतरण गर्नेछ ।

यानमा देखिएको प्राविधिक खराबीका कारणले गर्दा सुनिता र बुच यसमा चढेनन् र उनीहरु स्पेस स्टेशनमै रोकिएका छन् ।

बोइङ कम्पनीको यो बहुचर्चित अन्तरीक्षयानका कारण अन्तरिक्षयात्रीहरू स्पेस स्टेशनमै अलपत्र परेसँगै स्टारलाइनरको विश्वभर व्यापक आलोचना भइरहेको छ । यो घटनाले बोइङ कम्पनीलाई खर्बौं रुपैयाँ घाटा लाग्नसक्ने देखिएको छ । किनकि नासाले बोइङको स्टारलाइनरसँगको बाँकी करार सम्झौता पनि भंग गर्नसक्ने प्रवल सम्भावना छ । यसले बोइङ कम्पनीलाई २ अर्ब डलर अर्थात् पौने ३ खर्ब रुपैयाँभन्दा धेरै घाटा हुनेछ ।

गत जुन ५ तारेखमा स्टारलाइनर यानबाट स्पेस स्टेशनमा पुगेका सुनिता र बुचलाई उक्त समस्याग्रस्त क्याप्सुलका कारण स्पेस स्टेशनमा रोकिनुपर्ला भन्ने कुनै कल्पना थिएन ।

उनीहरु अन्तरिक्ष स्टेशनमा अड्किएको ३ महिना भैसकेको छ र अझै पाँच महिना उनीहरु त्यहीँ बस्नुपर्नेछ । उनीहरुालई आगामी फेब्रुअरीमा स्पेस एक्सको क्रू नाइन मिसनमार्फत् पृथ्वीमा ल्याउने योजना नासाको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖