काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।