• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

श्री एयरलाइन्सको काठमाडौं-पोखरा गन्तव्यमा एउटा टिकट किन्दा अर्को सित्तैमा


  • धनकुटा खबर
  • .

श्री एयरलाइन्सले काठमाडौं-पोखरा गन्तव्यमा यात्रा गर्ने यात्रुको लागि अफर ल्याएको छ।

जसमा यात्रुले एउटा टिकट लिदा अर्को सित्तैमा पाउने छन्।

श्री एयरले भदौ २३ गतेदेखि असोज ४ (सेप्टेम्बर ८ देखि २०) सम्मका लागि यो अफर ल्याएको हो।

साथै, यस अवधिमा टिकट लिएका यात्रुहरूले असोज १४ (सेप्टेम्बर ३०)सम्म यात्रा गर्न पाउनेछन्।

कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न यस्तो अफर ल्याएको प्रवक्ता अनिल मानन्धरले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖