• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

सत्तारूढ दलका शीर्ष नेताहरूबीच छलफल, चार सदस्यीय कार्यदल गठन


  • धनकुटा खबर
  • .

आइतबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सत्तारूढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच आइतबार छलफल भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल सहभागी थिए।

सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसका लागि चार सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ।

कार्यदलमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल र कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖