• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

चट्याङ लागेर बालक र शिशुको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ : मोरङ र जुम्ला जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको सुनबर्षी नगरपालिका-९ मुस्लिम टोल बस्ने हमिद आलमको छोरा ११ वर्षीय सोफियन आलम मियाँको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ । घर पछाडि रहेको रूखमुनि खेलिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, जुम्लाको तातोपानी गाउँपालिका-७ बस्ने २१ वर्षीया कौशिला रावलकी ९ महिने छोरीको चट्याङ लागेर आइतबार राती मृत्यु भएको छ । सोही गाउँपालिका-७ स्थित थुमलचौर पाटनमा कौशिलाले उनलाई भेडा गोठालो लिएर गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएकी कौशिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖