• Wednesday 7th of October 2026

घरमा हारेको बिर्सदै अब नेपालले विदेशी भूमिमा आफुलाई अब्बल प्रमाणित गर्नुपर्छ: सन्दीप लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं।राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले घरेलु मैदानमा हारेको बिर्सदै नेपालले अब विदेशी भूमिमा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने चुनौती भएको बताएका छन्।

विश्वकप लिग-२ का लागि क्यानडा जानुअघि आयोजित विदाई कार्यक्रममा उनले भने, ‘यदि कसैलाई आएर हामीलाई घरेलु मैदानमा हराउँछ भने हामीले पनि विदेशमा गएर एसोसिएटको एउटा बलियो टोली रहेको प्रमाणित गर्नुपर्छ।’

नेपालले विश्वकप लिग–२ को पहिलो शृंखलामा चारमध्ये ३ खेल हारेको थियो। क्यानडा शृंखला नेपालका लागि विश्वकप लिग–२ को दोस्रो त्रिकोणात्मक शृंखला हो। सन्दीपले एक वर्षपछि खेलमा पुनरागमन गर्न लागेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖