• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

कांग्रेसलाई रास्वपाको जवाफ- नेपालीलाई विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन ?


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना प्रकरणमा नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले उपसभामुखले देशको शिर झुकाएको निष्कर्ष निकालेको थियो।

त्यसको जवाफ दिँदै रास्वपा सांसद मनिष झाले कांग्रेसलाई नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन भनेर प्रश्न गरे ।

उनले भने, ‘उपसभामुखले १९ महिनाअघि लेखेको एउटा पत्रमा उहाँले गल्ती भयो भनेर विज्ञप्ति निकालिसक्नुभएको छ । अहिले त्यसलाई राजनीतिक रूपमा चर्चा गरिँदैछ । बार्गेनिङका लागि त्यो लेटर प्रयोग गरिँदैछ । कांग्रेसको अभिव्यक्ति आयो नेपालको शिर झुकाउने काम भयो भनेर । नेपालको शिर त्यो बेला किन झुकेन नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाइयो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖