• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

जीबी राईले ५० करोडको सम्पत्ति हड्पेको भन्दै संसदीय समितिमा पुष्पराजको निवेदन


  • धनकुटा खबर
  • .

काठमाडौं । व्यवसायी पुष्पराज पुरुषले जीबी राईले ५० करोडको सम्पत्ति हड्पेको भन्दै संसदीय समितिमा निवेदन दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मातहतको सनातन धर्म संस्कृति संगठनको अध्यक्षसमेत रहेका पुरुषले राईले ५० करोड रुपैयाँ बराबरको सम्पत्ति कब्जा गरेको तथा आफूलाई व्यक्तिगत तवरमा १० करोड रुपैयाँ दिनुपर्ने माग गरेका छन् ।

तिनकुनेमा रहेको ९ आनामा बनेको २ वटा घर, काभ्रे र महवानपुर ठिङ्गनका लगभग २०० रोपनी जग्गा, संगत आश्रमको नाममा भएको गोदावरीको ६ रोपनी चानचुन जग्गा, बाँडीगाउँको १४ रोपनी जग्गा, बडिखेलको २० रोपनी जग्गा र भक्तपुरको ५ रोपनी चानचुन जग्गा लगायत अन्य सहयोगी सदस्यहरुको लगानी सम्पत्ति सबै विभिन्न नाममा नामसारी गरिदिएको, तर सम्झौताअनुसार कम्पनी र सम्पत्तिहरु लिएर पछि गोकुल श्रेष्ठ र राईको मिलेमतोमा हिसाब नगरेको र कम्पनी र सम्पत्ति लिएर भागेकोले लगभग ५० करोड ठगी गरेको पुरुषको आरोप छ ।

राईको समूहले सहकारीको पैसा ऋण दिने, ऋण दिए बापत शेयर फोकटमा लिने, बिस्तारै सबै ऋणीहरुलाई धोका दिने र सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने र ऋणीहरुलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेर मलगायत धेरैको कम्पनी र सम्पत्ति खाएकोले कारबाही गर्न माग गरेका छन् ।

उनीहरु एकसमय हर्बो इन्टरनेशनल प्रालिमा पार्टनर रहेका थिए । तर, पछि राई त्यस कम्पनी छोडेर सहकारीतर्फ लागेका थिए ।-नेपाल भ्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖