• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्ने प्रहरी प्रयासप्रति विपुलको आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रक्राउ गर्ने प्रयास गरेको छ ।

नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई साईबर अपराधमा अनुसन्धान गर्नका लागि पक्राउ गर्न लागिएको बुझिएको छ ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले उनलाई पक्राउ गर्न प्रहरी गरेको खुलासा गरेका छन् । प्रहरीले पक्राउ प्रयास गरेको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई पक्राउगर्ने प्रहरी प्रयास निन्दनीय छ । लेख्ने स्वतन्त्रता, जिन्दावाद,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖