• Wednesday 7th of October 2026

टेस्ट क्रिकेटको इतिहासमा २६ वर्षपछि पहिलोपटक १ बल पनि नखेली रद्द भयो खेल


  • धनकुटा खबर
  • .

टेस्ट क्रिकेटको इतिहासमा २६ वर्षपछि पहिलोपटक १ बल समेत नखेली खेल नै रद्द भएको छ।

ग्रेटर नोएडा स्पोर्ट्स कम्प्लेक्स मैदानमा अफगानिस्तान र न्युजिल्यान्डबीचको पहिलो टेस्ट खेल रद्द भएको हो। योसँगै टेस्ट क्रिकेटको इतिहासमा यो आठौँ र १९९८ पछि पहिलो पटक भएको हो।

यसअघि सन् १९९८ को डिसेम्बरमा पनि न्युजिल्यान्ड र भारतबीचको टेस्ट खेल रद्द भएको थियो। त्यसयता कुनै पनि टेस्ट खेल रद्द भएको थिएन।

पहिलोपटक सन् १८९० मा म्यानचेस्टरमा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको टेस्ट रद्द भएको थियो।

सन् १९३८ मा इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेल नै रद्द भएको थियो। सन् १९७० मा मेलवर्नमा यी दुई टोलीबीचको टेस्ट नै तेस्रो पटक रद्द भएको थियो।

सन् १९९८ मा न्युजिल्यान्ड र पाकिस्तान तथा १९९० मा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको खेल रद्द भएको थियो।

सन् १९९८ मै पाकिस्तान र जिम्बाब्वेबीच तथा सोही वर्ष भारत र न्युजिल्यान्डबीचको टेस्ट खेल रद्द भएको थियो।

सन् दुई हजारको दशकपछि पहिलो पटक टेस्ट खेल रद्द भएको हो। अफगानिस्तान र न्युजिल्यान्डबीच सुरुवाती ४ दिनमा कुनै खेल हुन सकेन। भारी वर्षाका कारण मैदानको एक छेउमा पानीको पोखरी बनेको थियो। खेल सुरु हुनुअघि नै वर्षाका कारण खेल हुनेमा शंका थियो।

योबीचमा खेलाडीले मैदानमा केही घण्टा अभ्यास मात्र गरेर बिताएका थिए।

खेल रद्द भएसँगै अफगानिस्तानले अब शारजाहमा दक्षिण अफ्रिकाविरुद्ध तीन एक दिवसीय सिरिज खेल्नेछ।

विश्व टेस्ट च्याम्पियनसिपको तयारीमा रहेको न्युजिल्यान्डले भने श्रीलंकामा दुई टेस्ट खेल्नेछ। त्यसपछि भारतसँग तीन टेस्ट खेल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖