• Wednesday 7th of October 2026

नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल बने उत्कृष्ट खेलाडी


  • धनकुटा खबर
  • .

काठमाडौं – नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल उत्कृष्ट खेलाडी छनोट भएका छन् । पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडीको अवार्ड राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलले जितेका हुन् ।

फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई‌ पछि पार्दै रोहितले अवार्ड जितेका हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयर रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए ।

यो अवार्डका लागि रोहितसँगै फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖