• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीले बजारको हल्लाबारे कुरा नगरौं भन्नुभयो: उपसभामुख राना


  • धनकुटा खबर
  • .

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन खोजिएको विषयमा कुराकानी गरेको बताएकी छन्।

शुक्रबार बसेको संवैधानिक परिषदको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपसभामुख रानाले आफूलाई पदबाट हटाउन खोजे‍को विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेको बताएकी हुन्।

‘मैले मेरो अन्तर्राष्ट्रिय छवि छ। कयौं बालबालिका हुर्काएको छु। न त त्यो चिठी दूतावासमा गएको छ, न त उनीहरू नै अमेरिका गएका छन्। वास्तवमा चिठी दर्ता नै भएको छैन,’ उनले भनिन्, ‘त्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखेँ। प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो। बजारको हल्लाबारे कुरा नगरौं भन्नुभयो। बजारको कुरा बजारमै छाडौं भन्नुभएको छ।’

यस्तै, आफूले गल्ती नगरेको हुँदा राजीनामाबारे कुनै सोच नभएको उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖