• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

सभापति लामिछाने पक्राउ पर्ने हल्लासँगै रास्वपा मुख्यालयमा नेता तथा कार्यकर्ताको घुईंचो


  • धनकुटा खबर
  • .

काठमाडौंं, ६ असोज । रास्वपाको मुख्यालय वनस्थलीमा नेता तथा कार्यकर्ताहरुको घुईंचो लागेको छ । सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लासँगै नेता तथा कार्यकर्ताहरुको आईरो लागेको हो ।

पार्टी पदाधिकारीले नै काठमाडौं उपत्यकामा रहेका आफ्ना नेता/कार्यकर्तालाई पार्टी मुख्यालय आउन अपिल गरिएपछि भीड लागेको हो ।

सहकारी ठगी प्रकरणमा छविलाल जोशी पक्राउ परेलगत्तै सादा पोशाक लगाएका प्रहरी रास्वपाको मुख्यालयमा परिचालित भएको समाचार छन् । अहिले सभापति लामिछाने रास्वपाको मुख्यालयमा नै रहेको बताईको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖