• Wednesday 7th of October 2026

इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।

गएराती सम्पन्न पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई डिएल मेथड अनुसार ४९ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो ।

इङल्याण्डले दिएको ३१० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाउदै १६५ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल हुन सकेन र खेलको निर्णय डिएल मेथडबाट लिइएको थियो । जस अनुसार अस्ट्रेलिया ४९ रनले विजयी भयो र सिरिजमा कब्जा गरेको हो ।

पाँच खेलको यस सिरिजमा शुरुका २ खेल अस्ट्रेलियाले जितेको थियो भने त्यसपछिका दुई खेल इङल्याण्डले जितेको थियो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖