• Wednesday 7th of October 2026

दुई आत्मघाति गोल र एक पेनाल्टी गुमाएपछि जिरोनाको लगातार दोस्रो हार


  • धनकुटा खबर
  • .

दुई आत्मघाति गोल र एक पेनाल्टी गुमाएपछि जिरोनाले युईएफए च्याम्पियन्स लिगमा लगातार दोस्रो हार व्यहोरेको छ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा जिरोना फेयेनुर्डसँग ३–२ ले पराजित भएको हो।

पहिलो हाफको १९ औँ मिनेटमा ३४ वर्षिय डेभिट लोपेजको गोलमा घरेलु टोली जिरोनाले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको २३ औँ मिनेटमा जिरोनाका मिडफिल्डर याङगेल रेरेराको आत्मघासत गोलमा फ्येनुर्ड बराबरीमा आएको थियो।

खेलको ३३ औँ मिनेटमा एन्टोनी मिलाम्बाको गोलमा पाहुना टोलीले २–१ को अग्रता बनायो।

खेलको ७३ औँ मिनेटमा डोनी भान डे बेकले जिरोनाका लागि बराबरी गोल फर्काएका थिए। तर खेलको ७९ औँ मिनेटमा पायक्साओको क्रसलाई डिफेन्डर लाडिस्लाध क्रेज्सीले आफ्नै पोष्टमा प्रहार गरेपछि जिरोनाले लिगमा लगातार दोस्रो हार व्यहोरेको हो।

च्याम्पियन्स लिगको पहिलो खेलमा पनि अन्तिम मिनेटमा आत्मघाति गोल गरेपछि जिरोना पिएसजीसँग पराजित भएको थियो।

लिगका सुरुवाती दुई खेलमा नै जिरोनाले आत्मघाति गोल गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖