• Sunday 29th of November 2026

काठमाडौंबाट मोरङका लागि छुटेको माइक्रो बस सिन्धुलीमा दुर्घटना, १५ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना भएको छ ।

काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना भएको हो।

सो दुर्घटनामा १५ जना घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ । ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

घाइते सबैलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ।

माइक्रोमा सवार १९ मध्ये चार जना सकुशल छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖