• Sunday 29th of November 2026

मोटरसाइकलको ठक्करबाट नगर विकास समितिका कार्यालय सहयोगीको मृत्यु


  • धनकुटा खबर
  • .

दाङमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।
लमही नगरपालिका–६ कुलामोहरका ४६ वर्षीय मंगल विकको उपचारका क्रममा मृत्यु भएको छ। विक लमही नगर विकास समितिका कार्यालय सहयोगी हुन्।

बिहीबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको विक सवार साइकललाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।

घाइते विकलाई उपचारका लागि कोहोलपुर रिफर गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए।

मोटरसाइकल चालक लमही नगरपालिका–८ का २२ वर्षीय एरोन चौधरी प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖