• Sunday 29th of November 2026

भैंसी चराउन गएका चौधरी ४ दिनदेखि बेपत्ता


  • धनकुटा खबर
  • .

दाङको लमहीमा भैंसी चराउन गएका मालिक सम्पर्कबिहिन भएका छन्।

मंगलबार मध्यान्ह १२ बजेतिर भैंसी चराउन गएका लमही नगरपालिका–४ का ६० वर्षीय खुसीराम चौधरी बेलुकी घर फर्किएका थिएनन्। तर, भैंसी मात्रै बेलुकी घर फर्किएको थियो।

वडा प्रहरी कार्यालय लमहीका अनुसार उनलाई खोलाले बगाएको आशंका गरिएको छ।

बेलुका भैंसी घर मात्रै फर्किएपछि उनको खोजी भएको थियो। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖